arin enterprises

साहित्य र संगीतको श्रीवृद्धिको लागि प्रतिष्ठान गठन

SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० बैशाख ५, मंगलबार

नेपाली संस्कृति, नेपाल भाषा साहित्यको श्रीवृद्धिको उद्देश्यले गणेशदेवी मानन्धर स्मृति प्रतिष्ठान गठन गरिएको छ । काठमाडौंमा एक कार्यक्रमकाबीच समाजसेवी विजय कुमार मानन्धरको नेतृत्वमा १३ सदस्यीय प्रतिष्ठान गठन गरिएको हो ।

प्रतिष्ठानमा फरक विधाका विज्ञहरु सम्मिलित गरी कार्यसमितिलाई पूर्णता दिइएको छ ।

प्रतिष्ठानले संगीत, पत्रकारिताको विकासमा समर्पित रहेका स्रष्टाहरुलाई प्रोत्साहन दिने पनि जनाएको छ ।

प्रतिष्ठान गठन पछि संचारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष मानन्धरले देशविदेशबाट प्रतिभाहरुको खोजी गरी सम्मान गर्ने बताए ।

काठमाडौं महानगरपालिका १३ वडाका समाजसेवी दिलबहादुर मानन्धरकी धर्मपत्नी स्व. गणेशदेवी मानन्धरको स्मृतिमा उहाँका छोराहरु प्रा.डा. राजु मानन्धर, राजेश मानन्धर, सज्जु मानन्धर तथा परिवारको आग्रहमा प्रतिष्ठान बनाइएको कार्यक्रममा जानकारी दिइएको छ ।

नेपाल भाषाको साहित्य र संगीतलाई अन्तर्राष्ट्रियकरण गर्दै समृद्ध बनाउनको लागि पनि प्रतिष्ठानको भूमिका रहने मानन्धरको दाबी छ ।

प्रतिष्ठानको गठनसँगै वरिष्ठ चलचित्र निर्देशक पवन जोशीको संयोजकत्वमा ५ सदस्यीय परामर्श समिति पनि बनाइएको छ । प्रतिष्ठानले सोही समितिले सिफारिस गरेकोलाई आधार बनाएर स्रष्टा छनोट, विधा चयन तथा व्यक्तित्व सम्मान गर्ने निर्णय गरेको छ ।

Categorized in पेजथ्री