भारतमा रेलभित्र गोली प्रहार गरी चारको हत्या
SamacharDesk – आकाश राजोपाध्याय | २०८० श्रावण १५, सोमबार

भारतको मुम्बइमा रेलभित्र रेल सुरक्षाकर्मीले गोली प्रहार गरी चार जनाको हत्या गरेका छन् ।
मुम्बई सेन्ट्रल एक्स्प्रेसमा रेल वे सुरक्षा बलका एक जवानले गोली चलाउँदा तीन जना यात्रु र एक जना सुरक्षा बलका अधिकृत मारिएका हुन् ।
जयपुरबाट मुम्बइ गईरहेको रेलमा यो घटना भएको हो । गोली प्रहार गर्ने सुरक्षा बलका जवानलाई मुम्बइ प्रहरीले नियन्त्रणमा लिएको भारतीय संचार माध्यमहरुले बताएका छन् ।
घटनाबारे थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी नै रहेको समाचारमा उल्लेख छ ।
Categorized in अन्तर्राष्ट्रिय