विश्वकप छनौटमा : विश्वविजेता फ्रान्स बराबरीमा रोकियो, बेल्जियमको सान्दार जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ चैत्र १२, बिहिबार

विश्वकप छनौट चरणमा विश्व विजेता फ्रान्सको सुरुवात बराबरीबाट भएको छ । बुधबार राति युरोपेली क्षेत्रको छनौट अन्तर्गत भएको आफ्नो पहिलो खेलमा फ्रान्स युक्रेनसँग १–१ गोलको बराबरीमा रोकिएको हो ।
फ्रान्सको घरेलु मैदान स्टेड डि फ्रान्समा भएको खेलको १९ औँ मिनेटमा एन्टोनी ग्रिजम्यानले गोल गरेर फ्रान्स अग्रता दिलाएका थिए । तर ५७ औँ मिनेटमा फ्रान्सका प्रेसनल किम्पेम्बेले आत्मघाती गोल गरेपछि युक्रेन बराबरीको अवस्थामा आएको हो ।
बाकि समयमा थप गोल हुन नसक्दा खेल बराबरीमै रोकिएको हो । बराबरी पछि फ्रान्सले समुह डि मा अंक बाँडेका छन् ।
त्यस्तै युरोपियन छनोटको अर्को खेलमा भने बेल्जियमले वेल्सलाई पराजित गरेको छ । बुधबार राति बेल्जियमको घरेलु मैदान डेन ड्रिफमा भएको खेलमा बेल्जियमले वेल्सलाई ३–१ गोलले पराजित गरेको हो ।
ह्यारी विल्सनले खेलको १० औ मिनेटमा गोल गरेर वेल्सलाई अग्रता दिलाएका थिए । तर बेल्जियमको लागिमा केभिन डि ब्रुयन २२ औं मिनेटमा गोल गरी खेल बराबरीमा ल्याए ।
यस्तै थोर्गन हाजाडर्ले २८ औं मिनेटमा र रोमेलु लुकाकुले पेनाल्टी मार्फत ७३औं मिनेटमा गोल गरेपछि बेल्जियमले खेल ३–१ ले आफ्नो पक्षमा पर्यो । यो जितपछि समूह ‘ई’ मा बेल्जियमले ३ अंक जोडेको छ ।
पोर्चुगलको अजरबैजानसँग संर्घर्षमय जित, क्रोयसिया पराजित
विश्वकप छनौट चरणमै पोर्चुगले अजरबैजानविरुद्ध संघर्षमय जित हात पारेको छ । पोर्चुगलमको घरेलु मैदान युभेन्टस् स्टेडियममा भएको खेलमा पोर्चुगलले १–० ले जित हासिल गरेको हो ।
अजरबैजानका मैक्सिम मेदवेदेवले आत्माघाति गोल गर्दा खेल पोर्चुगलको पोल्टामा गएको हो । जितसँगै समुह ए मा पोर्चुगलले ३ अंक जोडेको छ ।
त्यस्तै अर्को खेलमा स्लोभेनियाले क्रोयसियालाई १–०ले पराजित गरेको छ । बुधबार राति स्लोभेनियाको घरेलु मैदानमा भएको खेलको १५ औं मिनेटमा सैंडी लोवरिकले सान्दार गोल गरे । स्लोभेनियाले समुह एच मा ३ अंक जोडेको छ ।
Categorized in स्पाेर्ट्स