युएई पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ
SamacharDesk – समाचारडेस्क क्राइम ब्यूराे | २०८१ फाल्गुण १०, शनिबार

आकर्षक तलबको प्रलोभनमा पारी वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा काठमाडौंबाट एक व्यक्ति पक्राउ परेका छन् ।
युएई पठाइदिन्छु भन्दै लाखौं रुपैयाँ ठगी गरेको अभियोगमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–१ का काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बस्ने ३० वर्षीय दिपेश श्रेष्ठलाई प्रहरीले पक्राउ गरेकोे हो ।
श्रेष्ठलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीको टोलीले काठमाडौं कागेश्वरी मनोहरा नगरपालिका–९ बाट पक्राउ गरेको हो ।
श्रेष्ठले युएई पठाइदिन्छु भन्दै ४ लाख रूपैयाँ लिई सम्पर्कबिहीन भएको पिडितको भनाई छ ।
श्रेष्ठलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले बताएको छ ।
Categorized in अपराध