ललितपुरमा निःशुल्क मधुमेह शिविर सम्पन्न
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ बैशाख ८, शनिबार

ललितपुरमा एक दिने निःशुक्ल मधुमेह जाँच शिविर (डायबिटिज स्क्रीनिङ क्याम्प) सम्पन्न भएको छ ।
लियो क्लब अफ मणिगल ग्लोबल र कुँझ्याः महिला सामुदायिक समूहको संयुक्त आयोजनामा ललिपुरको स्वठ टोलमा मधुमेह जाँच शिविर सम्पन्न भएको हो ।
शिविरमा ४९ जना महिला र ६३ पुरुष गरि जम्मा ११२ जनाको जाँच गरिएको लियो क्लब अफ मणिगल ग्लोबलका अध्यक्ष लियो उत्सव आचार्यले बताए ।
आर्थिक, समय वा अन्य कुनै पनि कारणले स्वास्थ्य सेवाबाट कोही पनि बञ्चित हुनु नपरोस् भनी शिविरको आयोजना गरिएको अध्यक्ष आचार्यले बताए ।
शिविरका सहभागीहरुको रक्तचाप र मधुमेह जाँच गरिएको थियो ।
चिरञ्जीवी भवः हेल्थ केयर सर्भिस प्रा.लि.को प्राविधिक सहयोगमा शिविरको आयोजना गरिएको जानकारी कुँझ्या महिला सामुदायिक समूहकी अध्यक्ष जगतमाया महर्जनले दिइन् ।
शिविरमा स्वठ टोल सुधार समितिका अध्यक्ष सोभेन्द्र राज जोशी, लियो क्लब अफ मणिगल ग्लोबलका लियो क्लब सल्लाहकार लायन मन्दिप महर्जन, लियो जिल्ला परिषद ३२५ ई बाट लियो स्वदेश थापाकाे उपस्थिती थियाे ।
साथै लायन्स क्लब अफ काठमाडौं विशाल बजारका अध्यक्ष लायन सुमन बिष्ट, राजोपाध्याय समाजका केन्द्रीय कार्यसमिति सदस्य रक्षण राजोपाध्याय लगायतको पनि कार्यक्रममा उपस्थिती रहेको थियो ।
Categorized in समाज