arin enterprises

भजन संगीतज्ञ नकर्मीको अन्त्येष्टि सम्पन्न

SamacharDesk – बिकाश | २०७७ कार्तिक २५, मंगलबार

भजन संगीतज्ञ भीमबहादुर नकर्मीको अन्त्येष्टि आज बलम्बु दिपमा सम्पन्न भएको छ ।

स्वर्गीय नकर्मीलाई उनका छोरा मनराजा नकर्मीले दागबत्ती दिए ।

९२ वर्षका भजन संगीतज्ञ नकर्मीको सोमबार बेलुकी ८ बजे निधन भएको थियो ।

एक वर्ष अगाडी उनको छातीमा पानी भरिएर स्वास्थ्यमा समस्या देखापरेको थियो । त्यहि बेलाबाट उनलाई श्वासप्रश्वासको समस्या भइरहेको थियो ।

स्वर्गीय नकर्मीले नेपालभाषाका थुप्रै भजनहरुको साथमा आधुनिक गीतमा पनि संगीत दिनुभएको छ ।

नेपालका चर्चित तवला वादक मनराजा स्वर्गीय नकर्मीका सुपुत्र हुनुहुन्छ भने चर्चित नायिका आशिष्मा नकर्मी उनकी नातीनि हुन् ।

Categorized in पेजथ्री