arin enterprises

फुटुङमा भेटिएको अभिलेखमा अहिलेसम्मकै दुर्लभ मिति र अधिमास फेला

SamacharDesk | २०७९ चैत्र २७, सोमबार

काठमाडौं फुटुङमा फेलापरेको अभिलेखको विनाशले तथ्य प्रमाण सहितको नेपालको प्राचिन इतिहासमा अपूरणीय क्षति पुगेको छ।
 
अभिलेख नष्ट गर्नुअघि खिचेको फोटोको आधारमा नेपालको शिला लेखको इतिहासमा पहिलो पटक दुई वटा फरक फरक अधिमास र मिति उल्लेख रहेको तथ्य पाइएको छ।
 
अधिमास सहित पहिलो पंक्ति मा संवत् ४३३ प्रथमाषढ शुक्ल दिवा १२ छ भने अन्तिममा संवत् ४३५ द्धितिय पौष शुक्ल दिवा अंकित छ। २६ पंक्ति र ३ हरफ रहेको अभिलेखमा प्रौढ संस्कृत भाषामा लिच्छवी संवत् र लिच्छवी लिपी प्रयोग भएको छ।
 
लिपिविज्ञ श्यामसुन्दर राजवंशीका अनुसार महिदेव र वसन्तदेव यो अभिलेख रवी गुप्त मार्फत प्रशासनिक राजआदेश फुटुङवासीलाई दिएको प्रमाण भेटिन्छ।
 
नेपालको प्राचिन इतिहासमा नयाँ तथ्य उजागर गर्ने र फुटुङ कै पहिलो दुर्लभ लिच्छवी अभिलेख के कति कारणले विनाश गरियो, गम्भीर अनुसन्धान हुन अत्यावश्यक छ। दुर्लभ ऐतिहासिक तथ्य रहेको अभिलेखमा भएका पंक्तिहरू :-
 
संवत् ४३३ प्रथमाषढ (शुक्ल दिवा) १२ अस्मिन्नउनि वप्प भट्टारक महाराज
…पादानुध्र्यातेन भट्टारक महाराज श्रीमही दे … देवेने वाक्षयंकाल समाज्ञा पयतियत्रा
दक्षिण राजकूलाधिन्नायक सर्व्वदण्डनायक महाप्रतिहार रविगुप्तेव्यवहरति पूव्र्व… ग्रामकाः
पञ्चग्राक तले ह्मस्प्रिङ्ग्राम तलेच सामान्य यत्कर्म्म तदु भय तलेपि कृत वन्तः तदत्रैः श्री
पादासमाराधिताः श्री पादौश्चाराधित्रैरतषामुभय तल सम्पद्धं कर्म्माकरणाय प्रसादः कृतः तदे
तेषामद्याग्रेणनकिञ्चिदुभय (श्चा) पि कर्म्म विद्युतः रभिज्ञा दूतकोत्र सर्व्वदण्डनायक महाप्रतिहार
रविगुप्ता क्षेत्रञ्च दत्तमेतावन्नि प्रतिमुक्ता निवस्थलि यथा मन्दुरगृहकर्म्म फलज्ञदौवारिक
कर्म्मद्रउभय….युद्ध राजकुल प्राकार कर्म्म हस्ति मृतकौ ज्ञानाकर्ष… संक्रफ करण
धावकुटा….संसिंन्दुंमार्ग्गकरण..मुक्त्वा श्री पादीयानत्त्रिकां स (र्व्वदण्ड) नायक
महापादीयाञ्चिति भू…मृद्रांगामका …..भट्टारक महाराज
श्रीपादानुध्याते… महाराज श्रीवसन्तदेवे नेवामित्र कालं समाज्ञा पयति (सर्व्वद) ण्डनायक
महा प्रतिहाररपविगुप्त विज्ञानप्तनेवा शोल्ल लिंग्वल पश्चिमाधिकरणे ...य
मात्रमु…...षे….....प्रसाद तदत्रे ……….य श्चेमामाज्ञा
मु……(यथोचित) मय् र्यादा मन
मनुश्च……दूतकोत्र सर्व्व दण्डनायक महाप्रतिहार रवि गुप्त.
(इति) संवत् ४३५ द्धितीय पौष शुक्ल। (१२?)
अद्वितीय अभिलेख विनाश हुँदा पनि सम्पदा संरक्षण अभियन्ता भनाउँदाहरू, स्थानीय तथा संघिय सरकार र जनप्रतिनिधिहरू के हेरेर बसिरहेको हो ? बुझ्न सकिएन्।
स्रोत: नरेन्द्र मानन्धर फेसबुक
Categorized in समाज