arin enterprises

उपत्यकावासीहरुले गाईजात्रा मनाए

SamacharDesk | २०७९ श्रावण २८, शनिबार

उपत्यकावासीहरुले शनिबार गाईजात्रा धुमधामसँग मनाएका छन् । दिवंगत आत्मा चीर कामना गर्दै यो पर्व मनाइने गर्दछ ।

तिथिको घटबढका कारण यसपालि कसैले शुक्रबारै मनाएका छन् भने उपत्यकाका मुलवासीहरुले भने गुंपुन्हिको भोलिपल्ट आज मनाएका छन् ।

वर्ष दिनभित्र मृत्यु भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ(आफ्ना क्षेत्रमा नगर परिक्रमा गराउने र उनीहरूलाई श्रद्धालुद्वारा दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरी मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास समेत रहेको छ ।

राजा प्रताप मल्लले पुत्रशोकले बिह्वल भएकी आफ्नी रानीलाई दुनियाँले पनि यस्तै शोक बेहोर्नुपर्छ भन्ने देखाउन जनतालाई आ-आफ्नो घरका दिवंगत व्यक्तिका नाममा गाईजात्रा निकाली शहर परिक्रमा गराउनु भन्ने आदेश दिएको आधारमा यो पर्व सुरू भएको ऐतिहासिक तथ्य रहेको छ ।

प्रताप मल्लको पालादेखि प्रचलनमा आएको गाईजात्रा हनुमानढोकास्थित राजप्रासाद भएर जानुपर्ने प्रथा अहिलसम्म पनि जारी रहेको छ । आजभोलि गाईजात्राका अवसरमा समाजमा विद्यमान विकृति र विसङ्गति उजागर गरिन्छ ।

सार्वजनिक रूपमा मनोरञ्जनात्मक तथा व्यङ्ग्यात्मक ढङ्गले विविध कार्यक्रमको समेत आयोजना हुने गरेको छ ।

गाईजात्रा पर्व काठमाडौं उपत्यकालगायत बनेपा, धुलिखेल, पनौती, बाह्रबिसे, त्रिशुली, दोलखा, खोटाङ, भोजपुर, चैनपुर, इलाम, धरान, विराटनगर, वीरगञ्ज, हेटौँडा र पोखरालगायत नेवार समुदायका मानिसको विशेष उपस्थिति रहेको शहरमा धुमधामका साथ मनाइने गरिन्छ ।

Categorized in राष्ट्रिय