जनप्रतिनिधि र कर्मचारीबीचकाे खेल बराबर
SamacharDesk – बिराजकाजी राजाेपाध्याय | २०७८ मङ्सिर २७, सोमबार

काठमाडौँ महानगरपालिकाको २७ औँ महानगर दिवसको अवसरमा आयोजित मेयर–११ र प्रमुख प्रशासकीय अधिकृत–११ मैत्री फुटवलमा दुवै टोलीबीच बराबरी भएको छ ।
महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले नेतृत्व गर्नुभएको जनप्रतिनिधिको टीम र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीले नेतृत्व गर्नुभएको कर्मचारीको टीमविच भएको खेल ३–३ गोलको बराबरीमा टुंगिएको हो ।
दशरथ रंगशालामा आज सम्पन्न खेलको सुरुमा कर्मचारीको टीमबाट सिमन केसीले पहिलो गोल गर्दै टिमलाई अगाडी बढाए ।
त्यसको केही समयपछि जनप्रतिनिधितर्फका खेलाडीले डी एरिया भित्रै हेण्ड गरेपछि पाएको पेनाल्टीको सदुपयोग गर्दै कर्मचारीतर्फबाट सुन्दर हमालले १ गोल थप्दै टिमलाई २–० मा पुर्याए ।
पहिलो हाफमा मैदान प्रवेश गरेका वडा ६ का अध्यक्ष दीपेन्द्र लामाले गोल गर्दै जनप्रतिनिधिको टिमलाई २–१ मा पुर्याए भने त्यसकोलगत्तै वडा ३ का सदस्य प्रेम थापाले जनप्रतिनिधिका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बरावरीमा ल्याए ।
त्यसपछि दोस्रो हाफको सुरुवातमै कर्मचारीकातर्फबाट सिमन केसीले फेरी १ गोल थपे । खेलको अन्त्यतिर जनप्रतिनिधिका तर्फबाट प्रेम थापाले अर्को १ गोल थपेपछि खेल ३—३ गोलको बराबरीमा सम्पन्न भएको थियो ।
खेल सुरु हुनु अघि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टंकलाल घिसिङले महानगरपालिकाका प्रमुख शाक्य फुटबल हस्तान्तरण गर्नुभएको थियो । खेलको संयोजन सामाजिक विकास विभागले गरेको थियो ।
Categorized in स्पाेर्ट्स