arin enterprises

सर्वाेच्च नेता गणेशमान सिंहको २५औं स्मृति दिवस मनाईंदै

SamacharDesk | २०७९ आश्विन २, आइतबार

नेपाली कांग्रेसका संस्थापक तथा २०४६ सालको आन्दोलनका सर्वोच्च नेता स्वर्गीय गणेशमान सिंहको २५औं स्मृति दिवस आज मनाइरहेको छ ।

सो अवसरमा कांग्रेसका नेता प्रकाशमान सिंहले सत्ता गठबन्धनका सबै दलहरुलाई चित्त बुझाउने गरी सिट बाँडफाँट गरिने दाबी गर्नुभएको छ ।

काठमाडौंको शोभाभगवतीमा आयोजित कार्यक्रममा नेता सिंहले चुनावसम्म सवैलाई मिलाएर लैजाने बताउनुभयो ।

सिट बाँडफाँट चुनौतीपूर्ण रहेको स्वीकार्दै उहाँले सजिलो नभए पनि सवैलाई चित्त बुझाएर लैजाने र उचित समयमा निर्णयमा पुग्ने दाबी गर्नुभयो ।

कार्यक्रममा नेता सिंहलगायतका कांग्रेस नेता कार्यकर्ताले स्वर्गीय सिंहको प्रतिमामा माल्यार्पर्ण गरेका थिए ।

Categorized in राष्ट्रिय