गंगाको ‘न आशा भो तिम्रो’ सार्वजनिक
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ८, सोमबार

गायिका गंगा महर्जनको गीत ‘न आशा भो तिम्रो’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रमका बीच म्यूजिक भिडियो सार्वजनिक गरिएको हो ।
कार्यक्रममा नेपालभाषा साहित्य क्षेत्रमा लोककविका रुपमा परिचित राजभाई जकःमिले प्रोजेक्टरमार्फत प्रदर्शन गर्दै म्यूजिक भिडियो सार्वजनिक गर्नुभयो ।
कार्यक्रममा छायाङ्कार मनोज रत्न शाही, नेवाः टिभिका अध्यक्ष नविन जोशी, सोभियत बस्नेत लगायतले गीतको बारेमा चर्चा गरेका थिए ।
सार्वजनिक भएको म्यूजिक भिडियोको निर्देशन अभिनव जोशीले गरेका छन् भने राजिव जंग बस्नेत र सुष्मा कार्की रानाको अभिनय रहेको छ ।
बसन्त बित्यासी थापाको शब्दलाई राजु सिंले संगीत दिएका छन् ।
Categorized in पेजथ्री