arin enterprises

तीन भाषामा ‘गारुड महापुराण’ सार्वजनिक

SamacharDesk – समाचारडेस्क | २०७८ पौष २५, आइतबार

संस्कृत, नेपाली र नेपालभाषामा ‘गारुड महापुराण’ शनिबार ललितपुरको अग्निशालामा सार्वजनिक गरिएको छ ।

भक्तपुरमा पाइएको ने.स. ८०० तिरको एक हस्तलिखित थ्यासफूका आधारमा विद्वान् मृगेन्द्रराज सुवेदीले उक्त ग्रन्थ लिप्यान्तर, सम्पादन र अनुवाद गरेका हुन् ।

कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन, कान्तिपुरीय उपाकर्म गुठीका ज्येष्ठ गोविन्दभक्तानन्द राजोपाध्याय, भक्तपुर उपाकर्म गुठीका ज्येष्ठ कृष्णमुरारी राजोपाध्याय र ललितपुर उपाकर्म गुठीका ज्येष्ठ तथा अग्निहोत्री विष्णुमोहनधर राजोपाध्यायले संयुक्त रूपमा उक्त पुस्तक सार्वजनिक गरेका हुन् ।

हाल बजारमा पाइने गरेको गरुड पुराणभन्दा यस ग्रन्थमा १२० श्लोक बढी रहेको छ ।

“यो ग्रन्थ पुस्तकाकार रूपमा आएपछि अब यसलाई व्यवहारमा उतार्न सके झन् राम्रो हुनेछ,” सुवेदीले भने । नेवाः परम्परामा मृत्यु संस्कारमा प्रचलित कतिपय संस्कृतिको धार्मिक व्याख्या यस ‘गारुड महापुराण’मा भएको पनि सुवेदीले बताए ।

सोही कार्यक्रममा ललितपुरको अग्निशाला मन्दिरको नयाँ तामाको छाना उद्घाटन पनि गरिएको छ । ललितपुर महानगरपालिकाको आर्थिक सहयोगमा अग्निशाला व्यवस्थापन समितिद्वारा उक्त छाना छाउने काम सम्पन्न गरिएको हो ।

कार्यक्रममा अग्निशालाको धार्मिक, ऐतिहासिक महत्त्वबारे बोल्दै नगर प्रमुख महर्जनले विद्वान् मृगेन्द्रराज सुवेदीको योगदानको उच्च प्रशंसा गरेका छन् ।

तस्बिर सौजन्य — अग्निशाला व्यवस्थापन समिति

Categorized in संस्कृति
SKIP THIS maharjan complex bumper adv