ग्यास लिक भई दुइ टहरामा आगलागी
SamacharDesk – बिकाश | २०७७ माघ १२, सोमबार

कागेश्वरी मनोहरा नगरपालिका–८ बालुवाखानी शिवचोकमा आज बिहान दुईवटा टहराहरुमा आगलागी हुँदा लाखौंको धनमाल नष्ट भएको छ ।
३८ वर्षीय अनिल भोलान र ३४ वर्षीय फुलमाया लिम्बुको टहरामा आगलागी भएको थियो ।
फुलमायाको टहरमा खाना पकाउने ग्याँस लिक भई दुवै टहरामा आगलागी भएको बताइएको छ ।
आगलागीमा दुवै टहरामा रहेको लत्ताकपडा, भाडावर्तन र नगद समेत जलेर करिब ५ लाख ५२ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले बताएको छ ।
स्थानीय बासिन्दाको सहयोगमा आगलागी नियन्त्रणमा लिईएको थियो ।
Categorized in समाज