जर्मनी लेखक कोर्नको नेपाली संस्कृति सम्वन्धि पुस्तक सार्वजनिक हुँदै
SamacharDesk – समाचारडेस्क रिपाेर्टर | २०८१ माघ २९, मंगलबार

जर्मनी लेखक वल्फग्यांग कोर्नबाट लिखित नेपाली परम्परा र संस्कृति सम्वन्धि पुस्तक गाइडेड बाइ गड्स, लस्ट इन लाइन्स सार्वजनिक हुने भएको छ ।
प्रकाशक संस्था ‘बाखं न्यनेवा’ ले शनिबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गरी उक्त पुस्तक सार्वजनिक गर्न लागेको हो ।
लेखक कोर्नले काठमाडौंको जीवन्त संस्कृति र नेपाली समाजमा गहिरो जरा गाडेका परम्पराहरुका बीच बटुलेका विगतदेखि वर्तमानसम्म अनुभव पुस्तकमा समेटिएको आयोजक संस्थाले जनाएको छ ।
पुस्तकमा लेखक कोर्नले आफ्ना आँखाले देखेका सन् १९६८ देखि १९७७ सम्मको सांस्कृतिक सम्पन्नता, भौतिक सम्पदा र काठमाडौं उपत्यकामा आएका परीवर्तन देख्न सकिने आयोजक संस्थाले जनाएको छ ।
जर्मनी नागरिक कोर्न लेखकको साथमा आर्किटेक्ट पनि हुन् ।
नेपाली वास्तुकला र सम्पदाको अध्ययन अनुसन्धानमा कोर्नको योगदान उल्लेखनीय मानिन्छ ।
यस अघि कोर्नका ‘द ट्रेडिसनल नेवार आर्किटेक्चर अफ दि काठमाण्डु भ्याली’, ‘द स्तुपाज एन्ड द चैत्यज’, ‘द शिखर्ज’ लगायतका पुस्तकहरु सार्वजनिक भइसकेका छन् ।
Categorized in पेजथ्री