arin enterprises

स्व. गिरिजाप्रसाद कोइरालाको जन्मोत्सवमा फोटो प्रदर्शनी

SamacharDesk | २०८१ आषाढ १९, मंगलबार

पूर्वप्रधानमन्त्री स्व. गिरिजाप्रसाद कोइरालाको १ सय औँ जन्मजयन्ती आज विविध कार्यक्रम गरी मनाइएको छ ।

विसं १९८१ सालमा जन्मनु भएका कोइराला २०५३ वैशाख २९ गतेदेखि नेपाली कांग्रेसको सभापति निर्वाचित हुनुभएको थियो ।

कांग्रेसको पाँचौँ सभापति समेत बन्नु भएका कोइराला २०६६ चैत ७ गतेसम्म कांग्रेसको सभापति रहनु भयो । विसं २०४८, २०५५ र २०५६ मा गरी उनी २०६२/२०६३ को आन्दोलनअघि तीनपटक प्रधानमन्त्री बन्नु भएको थियो ।

स्व. कोईरालाको शताब्दी जन्म जयन्तीको अवसरमा ऐतिहासिक फोटो प्रदर्शनी गरेको छ । नेपाली काँग्रेस केन्द्रिय सुचना, सञ्चार तथा प्रचार विभागको आयोजनामा पार्टी केन्द्रीय कार्यालय ललितपुरमा ‘क्रान्ति देखि शान्ति सम्म’ नाम दिइएर ऐतिहासिक फोटो प्रदर्शनी गरेको हो ।

फोटो प्रदर्शनीको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभयो । सो अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुभयो ।

२०६२/०६३ को जनआन्दोलन र वृहत शान्ति सम्झौतामा महत्वपूर्ण भुमिका खेलेका कोईरालाको २०६६ साल चैत ७ गते निधन भएको थियो ।

कोईरालाको स्मरण गर्दै काँग्रेसले नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई, नेकपा एमाले उपमहासचिव प्रदीप ज्ञवाली, काँग्रेस नेता कृष्णप्रसाद सिटौलासँग स्व. नेता कोईरालाको योगदानबारे चर्चा गरेको थियो ।

Categorized in राष्ट्रिय