जिरोना शीर्ष स्थानमा फर्कियो
SamacharDesk – आकाश राजोपाध्याय | २०८० पौष ३, मंगलबार

जिरोना स्पेनीस लालिगा अंक तालिकाको शीर्ष स्थानमा फर्किएको छ । सोमबार आल्भेसलाई ३–० गोलले हराउँदै जिरोना शीर्ष स्थानमा फर्किएको हो ।
घरेलु मैदानमा जिरोनालाई जिताउने क्रममा आर्टेम डोबबिकले २३ औं मिनेटमा अग्रता दिलाएको थियो । यान कुटोको प्रहार गोलकिपर एन्टोनियो सिवेराले रोकेका थिए, त्यही रिबाउन्ड भएको बललाई डोबबिकले पोस्टको दिशा दिएका थिए ।
४२ औं मिनेटमा पोर्टुले जिरोनाको अग्रतालाई दोब्बर बनाए । डोबबिकले पेनाल्टी मार्फत गोल गर्दै जिरोनालाई ३–० को शानदार जित दिलाए ।
योसँगै जिरोनाले दोस्रो स्थानको रियल मड्रिडसँग २ अंकको अग्रता लिएको छ । जिरोनाले तेस्रो स्थानको बार्सिलोनासँग ९ अंकको अग्रता लिएको छ ।
शीर्ष स्थानको जिरोनाको ४४ अंक छ । आल्भेस १६ अंक सहित तालिकाको १३ औं स्थानमा छ ।
Categorized in स्पाेर्ट्स