ग्ल्यामर फोटोग्राफर राजीवलाई मातृशोक
SamacharDesk – बिराज | २०८० माघ १०, बुधबार

चर्चित ग्ल्यामर फोटोग्राफर राजीव श्रेष्ठलाई मातृशोक परेको छ । फोटोग्राफर श्रेष्ठकी आमा कमला श्रेष्ठको आज विहान ८९ वर्षको उमेरमा निधन भएको हो ।
अचेल आफ्ना छोरा राजीवसँगै अमेरीकाको जर्मनटाउन मेरील्यान्डमा रहँदै आउनुभएकी कमलाको उतै निधन भएको हो । स्थानीय समय अनुसार अमेरीकामा आज विहान उनको निधन भएको थियो ।
लामो समयदेखि मुटुको समस्याबाट पिडित कमलाको उपचारको क्रममा निधन भएको बताइएको छ । उनको १५ वर्ष अघि शल्यक्रिया गरी मुटुको भल्भ फेरीएको थियो ।
स्वर्गीय श्रेष्ठको तीन छोराको साथमा एक छोरी छिन् ।
केही समय अघि मात्र उनको तेश्रो जंक्व देवरथारोहण सम्पन्न भएको थियो । नेवार समाजमा ८८ वर्ष, ८ महिना, ८ दिन, ८ घडी र ८ पलाको उमेरमा व्यक्तिको तेश्रो जंक्व देवरथारोहण गरिन्छ ।
Categorized in पेजथ्री