arin enterprises

सुनको मूल्य बढेको बढ्यै

SamacharDesk | २०८० चैत्र १६, शुक्रबार

शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार सुनको मूल्य २ हजार १ सय रुपैयाँ बढेर प्रतितोला १ लाख ३० हजार कायम भएको छ । सुनको मूल्यमा गएको केही दिनयता बढ्ने क्रम जारी छ ।

बिहीबार तोलाको १ लाख २७ हजार ९०० मा कारोबार भएको सुनको मूल्य बुधबार १ लाख २६ हजार ८ सयमा किनबेच भएको थियो ।

महासंघका अनुसार आज तेजाबी सुन प्रतितोला १ लाख २९ हजार ४०० मा कारोबार भइरहेको छ । त्यसैगरी तेजाबी सुनमा पनि २ हजार १ सय बढेर तोलामा १ लाख २९ हजार ४ सय पुगेको छ ।

बिहीबार १ लाख २७ हजार ३ सय रुपैयाँ थियो । बुधबार १ लाख २६ हजार २ सय थियो ।

Categorized in बिजनेस