arin enterprises

सुनको मूल्य आज पनि उकालो

SamacharDesk – समाचारडेस्क अर्थ ब्यूरो | २०८२ माघ २१, बुधबार

नेपाली बजारमा आज पनि सुनको मूल्य उकालो लागेको छ ।

हिजोको अनुपातमा आज छापावाला सुनको मूल्य करीब ५ प्रतिशतले बढेको छ । हिजो २ लाख ९० हजार ३०० रुपैयाँ प्रतितोलामा कारोबार भएको सूनको मूल्य आज १४ हजार ४०० रुपैयाँ बढेको छ ।

आज छापावाला सुनको मूल्य ३ लाख ४ हजार ७ सय रुपैयाँ पुगेको छ ।

गत आइतबार ३ लाख पुगेको सुनको मूल्य सोमबार ४.५ प्रतिशतले घटेर २ लाख ८६ हजार ६०० रुपैयाँ भएको थियो । तर फेरी हिजो मंगलबार १.३ प्रतिशतले बढेर २ लाख ९० हजार ३०० रुपैयाँ पुगेको थियो ।

त्यसैगरी चाँदीको मूल्य पनि प्रतिशतले नै बढेको छ । हिजो ५ हजार ३३५ रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज ५ हजार ६०० पुगेको छ ।  

Categorized in बिजनेस