न्यूरोडको सुन गाल्ने कारखानाबाट अवैध सुन बरामद
SamacharDesk | २०८० मङ्सिर २०, बुधबार

प्रहरीले मंगलवार राति न्यूरोडस्थित सुन गाल्ने एक कारखानामा छापा मारेको छ ।
प्रहरीले कारखानामा छापा मारेर एकजनालाई एकजनालाई पक्राउ गरेको छ ।
उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार न्यु ओमपाल गोल्ड प्रालिका सञ्चालक समेत रहेका कैलाली घर भई काठमाडौंको सानोभ¥याङ बस्ने ४१ वर्षीय पदमप्रसाद पाण्डे पक्राउ परेका हुन् ।
प्रहरीले पाण्डेबाट झण्डै ८ किलो सुन बरामद गरेको छ । उनले तस्करी गरी ल्याएको सुन बिक्री गर्ने गरेको भन्दै प्रहरीले छापा मारेको थियो ।
पाण्डेले तस्करीको सुन गालेर गहना बनाएर बेच्ने गरेको सूचना प्रहरीले पाएको थियो ।
यसअघि प्रहरीले ३ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँच पार गरेर बाहिरिएको ६० किलो सुन बरामद गरेको थियो ।
Categorized in राष्ट्रिय