आगलागीबाट लाखौंको धनमाल जलेर नष्ट
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८० चैत्र १४, बुधबार

संखुवासभाको मकालु गाउँपालिकामा एउटा घर जलेर लाखौंको धनमला नष्ट भएको छ ।
मकालु गाउँपालिका–४ लौर बस्ने चन्द्रमान राईको कच्ची घरमा मंगलबार दिउँसो आगलागी भएको थियो ।
आगलागीले घर पूर्णरूपमा जलेको बताइएको छ ।
आगलागीमा करिब ८ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको बताइएको छ ।
Categorized in समाज