arin enterprises

विभिन्न देशका राजदूतहरुलाई फिर्ता बोलाउने मन्त्रिपरिषदको निर्णय

SamacharDesk | २०८१ श्रावण १६, बुधबार

सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ ।

उहाँले आज बसेको मन्त्रिपरिषद बैठकले मित्र राष्ट्रहरू चीन, अष्ट्रेलिया, रुसी महासंघ, दक्षिण अफ्रिका र श्रीलङ्कामा कार्यरत राजदूतहरुलाई फिर्ता बोलाउने निर्णय भएको जानकारी दिनुभयो ।

उहाँहरुलाई सो पदको जिम्मेवारीबाट मुक्त गरी भदौ १५ गतेभित्र नेपाल फर्किसक्ने गरी फिर्ता बोलाएको सरकारी प्रवक्ता गुरुङले जानकारी दिनुभयो ।

राजदूतहरुलाई फिर्ता बोलाएसँगै १८ देशमा नयाँ राजदूतहरुका लागि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरुको नाम सिफरिस भएका छन् ।

जसमा परराष्ट्रका सहसचिव प्रकाशमणि पौडेल पोर्चुगल र सहसचिव रीता धिताल पाकिस्तानका लागि नेपाली राजदूत सिफारिस भएका छन् । बाँकी १६ जना प्रस्तावित राजदूतमध्ये कांग्रेस र एमालेको कोटाबाट ८–८ जना परेका छन् ।

जसमा भारतमा डा. शंकरप्रसाद शर्मा, अष्ट्रेलियामा कान्ता रिजाल, साउदी अरेबियामा नरेशबिक्रम ढकाल, दक्षिण अफ्रिकामा प्रा. डा. कपिलमान श्रेष्ठ, इजरायलमा धनप्रसाद पण्डित, श्रीलंकामा रामकृष्ण भट्टराई, स्पेनमा सनिल नेपाल र जर्मनीमा डा. शैल रुपाखेती सिफारिस भएका छन् ।

त्यस्तै अमेरिकामा लोकदर्शन रेग्मी, बेलायतमा चन्द्रकुमार घिमिरे, दक्षिण कोरियामा डा. शिवमाया तुम्बाहाङ्फे, रुसमा जंगबहादुर चौहान, कतारमा रमेशचन्द्र पौडेल, चीनमा प्रा. डा. कृष्णप्रसाद ओली, डेनमार्कमा सुम्निमा तुलाधर र मलेसियामा नेत्रप्रसाद तिमल्सिना सिफािरस भएका छन् ।

यसैगरी आजको मन्त्रिपरिाष्द बैठकले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका कार्यालय र कार्यक्रमहरूको लागि आव २०८१/८२ का लागि आवश्यक राजपत्राङ्कित तृतीय श्रेणी वा सो सरहका ११ अस्थायी दरबन्दी स्वीकृत गर्ने निर्णय बैठकले गरेको छ ।

Categorized in राष्ट्रिय
SKIP THIS buddhan jayanti 2082