arin enterprises

प्रा.डा. गोविन्द केसी फेरि अनशनमा

SamacharDesk | २०८० मङ्सिर २९, शुक्रबार

प्रा. डा. गोविन्द केसीले आजदेखि तीन दिने सत्याग्रह कैलालीको लक्ष्मीनारायण मन्दिरमा शुरु गर्नुभएको छ ।

यसअघि डा. केसीले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सरकारले गरेका सहमति कार्यान्वयन नगरेको भन्दै आजै साँझ ५ बजेबाट सत्याग्रह सुरु गर्ने बताउनु भएको थियो ।

तर अनशनमा बस्न धनगढी पुगेका उनलाई दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिका सदस्यहरुले अवरोध गरेका थिए ।

तर आफूहरुको माग विश्वविद्यालय भएकाले केसीलाई साथ दिन नसक्ने भन्दै संघर्ष समितिका सदस्यहरुले विरोध जनाएपछि उनी लक्ष्मी नारायण मन्दिरमा अनसन बस्न पुगेका हुन् ।

विगत लामो समयदेखि मुद्दाहरु उठाएर सत्याग्रह बसेपनि सरकारले माग पूरा नगरेको उहाँको आरोप छ ।

केसीले सरकारी अस्पतालहरुमा मागअनुसार दरबन्दी थप गर्दै क्षमता बढाउने र सबै निःशुल्क औषधिहरु पाइने सुनिश्चित गर्ने, गेटामा शिघ्र स्वास्थ्य विज्ञान प्रतिष्ठान सञ्चालनमा ल्याउनेः चिकित्सा शिक्षा ऐनमा उल्लेख भएअनुसार सबै प्रदेशमा कम्तीमा एउटा सरकारी मेडिकल कलेज पु¥याउनुपर्ने लगायतका माग गर्नुभएको छ ।

जनसंख्या र भौगोलिक अवस्थितिअनुसार यस अगाडि आफूसँग भएका सम्झौताअनुसार इलाम, उदयपुर, डडेलधारामा सरकारी मेडिकल कलेजहरु खोल्नुपर्ने, सय शैय्या भन्दा बढी क्षमता भएका एका सरकारी अस्पतालहरूमा नर्सिङ लगायत अन्य स्वास्थ्य सम्बन्धी विषयका कार्यक्रमहरु गर्नुपर्ने, विश्वविद्यालय र प्रतिष्ठानहरुमा पदाधिकारी नियुक्तिको मापदण्डसहित कानूनी व्यवस्था गर्नुपर्नेलगायत माग पनि राख्दै आउनुभएको छ ।

Categorized in राष्ट्रिय