गेटाफेविरुद्ध ग्रानडाको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७७ जेठ ३१, शनिबार

स्पेनिस ला लिगा अन्तर्गतको शुक्रबारको खेलमा ग्रानडाले गेटाफेविरुद्ध जित निकालेको छ ।
शुक्रबार राति भएको खेलमा ग्रानडाले गेटाफेलाई २(१ गोलले पराजित गरेको हो ।
खेलमा अग्रता भने गेटाफेले लिएको थियो । पहिलो हाफमै देभिड टिमोरले २०औं मिनेटमा गोल गर्दै गेटाफेलाई अग्रता दिलाएका थिए ।
तर कार्लोस फर्डिनान्डले गेटाफेको त्यो खुसीलाई खेलको अन्तसम्म कायम हुन दिएनन् ।
खेलको ७०औं मिनेटमा र ७९ औं मिनेटमा गोल गर्दै कार्लोसले गोल गर्दै ग्रानडालाई जित दिलाए ।
ला लिगा अन्तर्गतकै अर्को खेलमा भ्यालेन्सिया र लेभान्टेले १(१ गोलको बराबरी खेलेका छन् । यो खेलमा लेभान्टेका रोजर मार्टीले दोहोरो पहेँलो कार्ड पाउँदै मैदान छाड्न बाध्य भएका थिए ।
त्यस्तै स्पान्योलले अलावेसलाई २(० ले हराएको छ । खेलको १९औं मिनेटमा फर्नान्डो पाचेको फ्लोरस रातो कार्ड पाउँदै बाहिरिएका थिए ।
लिगको यो सिजनमा बार्सिलोना २७ खेलबाट ५८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको रियल म्याड्रिडको २७ खेलबाट ५६ अंक छ ।
शीर्ष स्थानको बार्सिलोनाले पहिलो खेल शनिबार मालोर्कासँग खेल्नेछ भने दोस्रो स्थानको रियल म्याड्रिडले एइबारसँग आइतबार खेल्नेछ ।
Categorized in स्पाेर्ट्स