arin enterprises

हजुरआमाको हत्या अभियोगमा नाती पक्राउ

SamacharDesk – समाचारडेस्क क्राइम रिपोर्टर | २०८० चैत्र २९, बिहिबार

पर्सामा आफ्नै हजुरआमाको हत्या गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् । बिन्दवासनि गाउँपालिका–५ हस्वा टोल बस्ने ३० वर्षीय अजय कुमार पाण्डेलाई गएराति प्रहरीले पक्राउ गरेको हो ।

अजय कुमारले आफ्नै हजुरआमा ८० वर्षीया सवरजिया देवी पाण्डेको हत्या गरेको आरोप लागेको छ ।

अनुसन्धानको क्रममा जग्गा जमिनको विषयमा विवाद हुँदा अजयले आफ्ना हजुरआमा सवरजियालार्य कुटपिट गरेको देखिएको प्रहरीले बताएको छ ।

अजय कुमारको कुटपिटबाट गम्भीर घाइते भएकी सवरजिया देवीलाई उपचारको लागि पोखरिया अस्पताल लगिएकोमा सोही अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको बताइएको छ ।

प्रहरी चौकी प्रसौनी भाटा र इलाका प्रहरी कार्यालय पोखरियाबाट खटिएको प्रहरी टोलीले अजय कुमारलाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध