arin enterprises

म्यानचेस्टर सिटीको वर्न्लेमाथि सानदार जित

SamacharDesk – आकाश राजोपाध्याय | २०७७ आषाढ ९, मंगलबार

इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले वर्न्ले विरुद्ध सानदार जित हात पारेको छ ।  सोमबार राति भएको खेलमा सिटीले वर्न्लेलाई ५(० नतिजा सहितको फराकिलो जित हात पारेको हो ।

बिना दर्शक इतिहाद स्टेडियममा खेलाइएको खेलमा सिटीले पहिलो हाफमा नै ३ गोलको अग्रता लिइसकेको थियो ।

फिल फोडेनले २२ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अघि बढाए । 

रियाद महरेजले खेलको ४३ औं मिनेटमा दोश्रो गोल गरे भने पहिलो हाफमै इन्जुरी टाइमको तेस्रो मिनेटमा पाएको पेनाल्टीलाई पनि रियादले गोलमा परिणत गरे । 

दोस्रो हाफको ५१औं मिनेटमा डेभिड सिल्भाले अर्को गोल थप्दै खेललाई ४–० मा पुर्र्र्याए । 

त्यस्तै टिमलाई पहिलो गोल दिने फिल फोडेनले नै ६३ औं मिनेटमा फेरी अर्को गोल थप्दै सिटीलाई ५(० को नतिजा सहित जित दिलाए ।

अंक तालिकाको दोस्रो स्थानमा रहेको सिटीले यो जितसँगै ३० खेलबाट ६३ अंक बटुलेको छ । 

शीर्ष स्थानको लिभरपुलको ३० खेलबाट ८३ अंक छ । उपाधि नजिक रहेको लिभरपुललाई उपाधि जित्नको लागि अझै पाँच अंकको खाँचो छ । 

Categorized in स्पाेर्ट्स