बालिकालाई जबरजस्ती याैन धन्दामा लगाउने गेस्हाटउस संचालक पक्राउ
SamacharDesk – समाचारडेस्क रिपोर्टर | २०८१ कार्तिक २, शुक्रबार
एक बालिकालाई जबरजस्ती याैन धन्दामा लगाएको अभियोगमा काठमाडौंबाट एक जना गेस्ट हाउस संचालक एक जना पक्राउ परेका छन् ।
बालिकालाई जबरजस्ती यौन धन्दामा लगाएको अभियोगमा नुवाकोट तादी गाउँपालिका–६ का २९ वर्षीय सुजन तामाङलाई बिहीबार प्रहरीले पक्राउ गरेको हो । तामाङले टोखा नगरपालिका–२६ नयाँ बसपार्कमा निमा गेस्ट हाउस संचालन गर्दै आएका थिए ।
तामाङलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोबाट खटिएको प्रहरीको टोलीले टोखा नगरपालिका–९ बाट पक्राउ गरेको हो ।
प्रारम्भिक अनुसन्धानको क्रममा सुजनले गेस्ट हाउसमा सरसफाइको काममा लगाइदिने भन्दै बालिकालाई आर्थिक प्रलोभनमा पारी बेश्याबृत्तिमा लगाएको देखिएको प्रहरीले बताएको छ ।
बालिकालाई एक महिनासम्म गेस्ट हाउसबाट बाहिर समेत निस्कन नदिई बिरामी भएको समयमा समेत जबजरस्ती शारीरिक सम्पर्क राख्न बाध्य पार्ने गरेको खुल्न आएको प्रहरीले जानकारी दिएको छ ।
तामाङ उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध