शेर्पा समुदायहरु ग्याल्पो ल्होसर मनाउँदै
SamacharDesk | २०८० फाल्गुण २८, सोमबार

आज शेर्पा समुदायले ग्याल्पो ल्होसार पर्व मनाउँदै छन् ।
सरकारले ग्याल्पो ल्होसारका अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । नेपालको हिमाली क्षेत्रमा वसोवास गर्ने भनेर चिनिने शेर्पा समूदायहरुले १५ दिनसम्म ग्याल्पो ल्होसार मनाइरहेका छन् ।
मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्षमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ ।
प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले सांस्कृतिक पर्व ग्याल्पो ल्होसार मनाउदै आएका हुन । नयाँ वर्षका रुपमा शेर्पा समुदायले २१ सय ५१ औँ ग्याल्पो ल्होसार आज बाघ वर्षलाई बिदाइ गरी खरायो वर्षलाई स्वागत गरेर मनाइरहेका छन् ।
आज बौद्ध स्तूप र शेर्पा सेवा केन्द्रमा पूजाआजा गरिन्छ । पूजा आराधनासँगै शेर्पा समुदायको सांस्कृतिक नाच एवं वेशभूषा प्रदर्शनसंगै बिभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार मनाइरहेका छन् ।
शेर्पा समूदायहरु ल्होसार शुरु हुनु एकमहिना अघि नै आ–आफ्नो घर रङ्ग्याउने, सफा गर्ने र नयाँ लुगाफाटो किन्ने गर्दछन् ।
उनिहरुले सम्बोटा लिपिलार्इ सेतोपिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनमा टाँसी देलेकु भन्ने वाक्यांश र अष्टमङ्गलका चिन्हहरुले घर सजाउने गर्दछन् ।
Categorized in राष्ट्रिय