arin enterprises

क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न शाहीको आग्रह

SamacharDesk | २०८१ आषाढ २४, आइतबार

आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञान बहादुर शाहीले क्यान्टनमेन्टमा भएको घोटालाको फाइल पनि खोल्नुपर्ने बताएका छन् ।

शााहीले प्रतिनिधिसभाको विशेष समयमा बोल्दै गृहमन्त्री लामिछानेलाई क्यान्टनमेण्ट घोटालाको फाइल खोल्न आग्रह गर्नुभएको हो ।

उहाँले वर्तमान सरकारको अभैm ७ दिन बाँकी रहेको अवस्थामा पनि यो बीचमा भ्रष्टाचारका फाइलहरु खोलेमा राष्ट्रिय प्रजातन्त्र पार्टीको समर्थन र साथ रहने बताउनुभयो ।

उहाँले सुकुम्वासीहरुलाई खोला किनाराबाट हटाउन काठमाडौं महानगरपालिकाले पत्र पठाएर गृह मन्त्रीलाई पटक–पटक आग्रह गरेपनि प्रहरी नपठाएको बताउनु भयो ।

उहाँले गृहमन्त्रीले संसदमा आएर ठूलो कुरा मात्रै गरेको बताउनु भयो । उहाँले जीवी राईलाई तत्काल पक्राउ गरेर ल्याए गृहमन्त्रीलाई संसदमै फुलमालाले स्वागत गर्ने बताए ।

Categorized in राष्ट्रिय