“कहिँ नभएको जात्रा हाडीगाउँमा”
SamacharDesk – राम डंगोल | २०८० कार्तिक १२, आइतबार

राजधानीको हाडीगाउँमा आइतबारदेखि “कहिँ नभएको जात्रा हाडीगाउँमा” शुरु भएको छ ।
कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भन्ने जात्रा सत्यनारायणको जात्रा हो । हरेक वर्ष नर दे (हाडीगाउँ) मा ‘हाडीगाउँ जात्रा’ निकाल्ने गरिन्छ ।
ब्रह्मा, विष्णु र महेश्वरको खट् यात्रा गराइने यस जात्रालाई ‘चोक्ते नारायण’ जात्रा पनि भनिन्छ । कतिं पुन्ही (कोजाग्रत पूर्णिमा)को भोलिपल्टदेखि तीन दिनसम्म मनाइने यस जात्रा काठमाडौंका अन्य जात्रा भन्दा निकै भिन्न छ ।
‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ भनेर उखानमा समेत प्रख्यात यो जात्रामा बनाइएको रथको बनावट अरु रथको भन्दा फरक हुन्छ।
जात्रामा खटको गजुर उल्टाइने, देउतालाई माथि राख्ने, रथ उल्टो घुमाउने र मैनको फूल प्रयोग गर्ने गरिन्छ । यसरी जात्रा गर्ने प्रचलन अरु ठाउँमा नभएकाल यो जात्रालाई कहीँ नभएको जात्रा समेत भनिएको हो ।
यसैगरी, कहि पनि नपाउने एक विशेष प्रजातिको फूल (सि स्वाह) हाँडीगाउँको जात्रामा चाहिन्छ भने एउटा इनार छ जहाँको पानी यही जात्रामा मात्रै चढाइने गरिन्छ । स्थानीयका अनुसार यो जात्रा लिच्छिवीकालका राजाले सुरु गरेको विश्वास रहिआएको छ ।
किम्वदंतीका अनुसार कुनै समयमा एक राजाका दुई छोरी थिए । उनीहरुको एकै समयमा सुत्केरी हुने समय भयो । दिदीले सुत्केरी गराउन नारायण भगवानको शक्ति आवश्यक रहेको बताए पनि बहिनीले यस कुरामा विश्वास गरेकी थिएनन् ।
जसकारण, दिदीले सफलतापूर्वक सन्तानलाई जन्म दिए पनि बहिनीको १२ वर्षसम्म पनि सन्तानलाई जन्म दिन सकेकी थिएनन् । यसका कारण खोज्दै जाँदा रिसाएको नारायण भगवान हिमालमा तपस्या गरेर बसेका थिए ।
उक्त भगवानलाई प्रशन्न पार्न कहि नभएको जात्रा गरेपछि मात्रै बहिनीले सफलतापूर्वक सुत्केरी गराउन सफल भएका थिए भन्ने विश्वास रहेको छ ।
सर्वसाधारणले पूजाआजा गर्दा मन्दिरको देवतालाई नभई गजुरलाई पूजा गर्दछन् । जात्रामा ब्रह्माको प्रतीकको खट कोतास् टोलका, विष्णुको खट न्याम्ह टोल र महेश्वरको थतु टोलका गुठियारले बोकेर जात्रा गर्ने चलन छ ।
खट यात्राका लागि पोङ्गा बाजा अनिवार्य बजाउने परम्परा छ । यस दिन हाडीगाउँका स्थानीय निराहार बसेर पुरुषले ‘म्हतुं दाय्गु’ भनी जीउले नापी प्रत्येक एक जीउ बराबर एक बत्ती चढाउँदै नगर परिक्रममा गर्छन् ।
तर केही वर्षदेखि यो परम्परा भने लोप हुँदै गएको छ । यो जात्रा विगतमा भने रातको समयमा मात्र मनाइने गरिन्थ्यो ।
यस बर्ष पनि जात्रालाइ निरन्तरता दिने क्रममा उल्लासमय वातावरणमा त्यहाँका युवाहरुले खटमा चढेर मनाएका हुन।
हाडीगाउँमा निकालिएको जात्रा हेर्न सर्वसाधारणहरुको भीड लागेको थियो ।
Categorized in संस्कृति