arin enterprises

काठमाडौंमा हैजाको त्रास

SamacharDesk | २०८१ श्रावण १४, सोमबार

काठमाडौँको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि भएको छ।

जनस्वास्थ्य कार्यालय काठमाडौँका  प्रमुख डा. अर्जुनप्रसाद सापकोटाले  कालिमाटी क्षेत्रका तीन जना पुरुषमा हैजा देखिएको जानकारी दिनुभयो ।

ती तिनै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा उपचार भइरहेको छ । दुषित खाना र पानीको सेवनबाट हैजाबाट संक्रमित हुने स्वास्थ्यकर्मीहरु बताउँछन् ।

संक्रमितको समयमै उपचार नभएमा मृत्यु पनि हुने भएकोले सबैलाई सचेत रहन आग्रह समेत गरेको छ । केही दिनअघि टुकुचा खोला र बागमती नदीको सङ्गम स्थलमा टेकुमा पोलियोको जीवाणु देखिएको थियो ।

हैजाका मुख्य लक्षणमा आँखा गाडिने, मुख, जिब्रो र घाँटी सुक्खा हुने, तिर्खा लाग्ने, छाला सुक्खा हुने, रक्तचाप कम हुुने, पिसाब पहेँलो हुने र पिसाबको मात्रा कम हुने गरेका छन् ।

यसअघि ललितपुरमा ७ जना र कैलालीमा ३ जनामा हैजा पुष्टि भएको थियो ।

Categorized in राष्ट्रिय