हाइटीमा गोली हानाहान हुँदा ७० को मृत्यु
SamacharDesk | २०८१ आश्विन १९, शनिबार

अफ्रिकी मुलुक हाइटीमा गोली हानाहान हुँदा कम्तिमा ७० को मृत्यु भएको राष्ट्रसंघले जनाएको छ ।
संयुक्त राष्ट्रसंघको मानव अधिकार कार्यालयले पोर्ट सोन्डेमा एक गिरोहको आक्रमणमा कम्तीमा १६ जना गम्भीर घाइते भएको र दर्जनौँ घर र सवारीसाधन आगलागी भएको पनि जनाएको छ ।
हाइटीमा गिरोहहरूले राजधानी पोर्ट–ओ–प्रिन्स कब्जा गरेका छन् भने सुरक्षा र स्वास्थ्य प्रणाली ध्वस्त भएको छ । हाइटीको पोन्ट सोन्डे सहरमा भएको गिरोहको आक्रमणबाट आफूहरुसमेत आतङ्कित भएको संयुक्त राष्ट्र संघ मानव अधिकार विभागका प्रवक्ता थामिन अल–खितानले उल्लेख गर्नुभएको छ ।
ग्रान ग्रिफ गिरोहका सदस्यले गोली चलाउन स्वचालित राइफलहरू प्रयोग गर्दा कम्तिमा ७० जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १० जना महिला र तीनजना बालबालिका रहेकाछन् ।
गत हप्ता मात्र संयुक्त राष्ट्रसङ्घको मानवअधिकार कार्यालयले हाइटीमा यस वर्षको हिंसामा तीन हजार ६ सय भन्दा बढी मानिस मारिएको जनाएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय