arin enterprises

गायकद्वय सुजल र शिरीषको “तुयू मैँचा हाकु मैँचा” सार्वजनिक

SamacharDesk – Ram Dangol | २०८० श्रावण २, मंगलबार

संचारकर्मी तथा हास्य कलाकार सुरेन्द्र मानन्धरद्वारा निर्देशित “तुयू मैँचा हाकु मैँचा” बोलको म्यूजिक भिडियो एक कार्यक्रमबीच सार्वजनिक गरिएको छ ।

वरिष्ठ सिनेपत्रकार विजयरत्न तुलाधरबाट सो म्यूजिक भिडियोको अनावरण गरिएको हो । नेवाः एचडी टेलिभिजनबाट वल्र्ड प्रिमियर गरिएको कार्यक्रमलाई सम्बोधन गर्दै तुलाधरले गीत र संगीत क्षेत्रमा नयाँ कलाकारहरुको प्रवेश अनिवार्य रहेको बताए । उहाँले औपचारिक शिक्षासँगै संगीत क्षेत्रमा काम गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालभाषाको गीत र संगीतलाई पूर्ण व्यावसायिक बनाउनुपर्नेमा जोड दिएका थिए । गीतसंगीत क्षेत्रमा पहिलो प्रयास स्वरुप युवा गायकद्वय सुजल मानन्धर र शिरीष मानन्धरको स्वरबद्ध उक्त गीत सार्वजनिक गरिएको हो । भिडियो युट्यूबमा पनि सार्वजनिक गरिएको छ । 

डान्सिङ विटमा रहेको गीतको भिडियोमा सुजल मानन्धर, शिरिष मानन्धर, तुषा मानन्धर, सलिशा मानन्धर, सुरेन्द्र मानन्धर, रामकृष्ण खड्गी, रबिता बके र इन्द्र मानन्धरको अभियन रहेको छ ।

प्रिमियर गरिएको गीत सुरेनमान शाक्य र सुरेन्द्र मानन्धरले संयुक्त रुपमा लय भरेका छन् । अन्जन श्रेष्ठले एरेन्ज गरेको गीतमा ईन्द्र मानन्धरको इडिटिङ र अमन महर्जनको सिनेमाटोग्राफी रहेको छ । गीतमा किरण जोशी र रबिता बकेले नृत्य निर्देशन गरेका छन् ।

कार्यक्रममा वरिष्ठ सिने पत्रकार विजयरत्न तुलाधर, नेवाः पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, सिनेकर्मी तथा पेजथ्री पत्रिकाका सम्पादक दर्शनवीर शाक्य, समाजसेवी रामकृष्ण खड्गी ‘जुजु’, सञ्चार उद्यमी नवीन जोशी, कलाकारहरु क्रमशः सिरु, विमला मानन्धर, लजना, सुरेश मानन्धर, ध्रुव कपालीलगायतको सहभागिता थियो ।

Categorized in पेजथ्री