‘हाकु पर्सि’ म्यूजिक भिडियो सार्वजनिकः भिडियोसहित
SamacharDesk – बिराज | २०८० कार्तिक २५, शनिबार

नेपाल सम्वतको न्हूदँ (नयाँ वर्ष) ११४४ नजिकिरहेको समयमा विशेष गरेर नेवाः समुदायमा उत्सवमय वातावरण बनेको छ ।
न्हूदँको अवसरमा नेवाः समुदायका संघसंस्था साथै व्यक्ति विशेषबाट पनि विभिन्न कार्यक्रमहरु भइरहेका छन् भने कलाकारहरुबाट आफ्ना नयाँ श्रृजनाहरु सार्वजनिक भइरहेका छन् ।
यसै क्रममा भीम प्रजापति र लोकप्रिय गायिका निशा देसारबाट स्वरबद्ध नेपालभाषाको गीत ‘हाकू पर्सि तुयूगु गाचा’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ ।
गत विहिबार भक्तपुरमा सम्पन्न एक कार्यक्रममा उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक गरिएको हो । वरिष्ठ सिने पत्रकार साथै नेपालभाषा म्यूजिक भिडियोका पहिलो निर्देशक विजयरत्न तुलाधरले गीत सार्वजनिक गरे ।
कार्यक्रममा म्यूजिक भिडियोका परिकल्पनाकार, कोरीयोग्राफर र निर्देशक आराध्यालक्ष्मी खड्गी, संगीत संयोजक जुगल डंगोल, संगीतकर्मी राजेशमान सिंह, गायक भिम प्रजापति, गायिका निशा देसार, अभिनेत्री हिसिला महर्जन लगायतले गीत र म्यूजिक भिडियोको बारेमा आआफ्ना अनुभव र विचार राखेका थिए ।
कार्यक्रममा अभिनेता मणिराज, चलचित्रकर्मी आर्यम नकर्मीलगायतको उपस्थिती रहेको थियो ।
सार्वजनिक गरिएको गीतको रचनाकार साथै संगीतकार पनि गायक भीम प्रजापति नै हुन् । म्यूजिक भिडियोको छायाङ्कन र दृश्य सम्पादन सोहन मानन्धरले गरेका छन् ।
भिडियोमा निर्देशक आराध्यालक्ष्मीको साथमा रवि सैंजुले अभिनय गरेका छन् ।
Categorized in पेजथ्री