हाम्रो नेपाली पार्टी बागमति प्रदेश सरकारमा सामेल
SamacharDesk – बिराज | २०८० चैत्र १५, बिहिबार

अन्ततः हाम्रो नेपाली पार्टी बागमती प्रदेश सरकारमा सहभागी भएको छ । मुख्यमन्त्री दावी गर्दै आएको हाम्रो नेपाली पार्टीले मुख्यमन्त्री शालिकराम जम्मकट्टेल नेतृत्वको सरकारलाई समर्थन गर्दै सरकारमा सहभागी भएको हो ।
पार्टीका संसदीय दलका नेता शैलैन्द्र मान बज्राचार्य संस्कृति पर्यटन तथा सहकारी मन्त्री बनेका छन् ।
नेता बज्राचार्यले आजै मन्त्री पदको शपथ ग्रहण गरेका छन् । बज्राचार्यले आफ्नो मातृभाषा नेपालभाषाबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।
नेपाली काँग्रेस नेतृत्वको सत्ता गठबन्धन ढलेपछि वर्तमान सत्ता गठबन्धनमा हाम्रो नेपाली पार्टीको भूमिका निर्णायक बन्न गएको थियो ।
नेकपा माओवादी (केन्द्र), नेकपा (एमाले) र नेकपा (एस) तीनवटै पार्टीसँग वागमती प्रदेशमा ५५ सिट थियो । सरकार चलाउन बहुमत पुर्याउन ५६ सिटको आवश्यकता थियो ।
तर राप्रपाले कसैलाई पनि समर्थन नगर्ने र नेमकिपाले प्रतिपक्षमा बस्ने भनिसकेपछि एक सिटको लागि सत्ता गठबन्धन सकसमा परेको थियो । यस्तो अवस्थामा दुई सिट भएको हाम्रो नेपाली पार्टीको भूमिका निर्णायक बन्न पुगेको हो ।
Categorized in राजनीति