‘ह्याप्पी डिभोर्स’, जनवरीबाट छायांकन हुने
SamacharDesk | २०८० आश्विन २, मंगलबार

अभिनेता तथा मोडल विमलेश अधिकारीले केकी अधिकारी र रीमा विश्वकर्मालाई लिएर ‘ह्याप्पी डिभोर्स’को निर्माण गर्ने भएको छ ।
अभिनेता अधिकारीले यसै चलचित्रबाट निर्देशका यात्रा सुरु गरेको छ । उनले मंगलबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै आफ्नो निर्देशनमा निर्माण हुने सिनेमाको शिर्षक तथा मुख्य कलाकारसहितको टिम चिनाएका छन् ।
सिनेमामा उनका अलवा केकी अधिकारी र रीमा विश्वकर्माको पनि मुख्य भुमिका रहनेछ । अर्को बर्ष अर्थात् २०२४ को जनवरीमा छायांकनमा जाने सिनेमाको रिलिज समेत यही बर्ष गरिनेछ ।
सिनेमा अन्य केही कलाकारहरु अनुबन्धित गर्न बाँकी नै रहेको अभिनेता अधिकारीले बताए । निर्देशक तथा अधिकारीको कन्सेप्टमा निर्माण हुने सिनेमाले नयाँ सुरुवात, स्वतन्त्रता र राम्रो भविष्यको कथा भन्ने छ ।
साथै, राम्रैसँग चलिरहेको एक जोडीको वर्तमान अवस्था र त्यसलाई भविष्यमा अझै राम्रो बनाउन चाल्ने कदमलाई नजिकबाट देखाउन प्रयास आफ्नो टिमको रहने निर्देशक अधिकारी बताउँछन् ।
लामो समयदेखि आफ्नो दिमागमा खेलिरहेको एउटा सुन्दर कथालाई दर्शकमाझ प्रस्तुत गर्न लागेको विमलेशको दाबी छ ।
सेभेन कलर्स डिजिटलको व्यानरमा निर्माण हुने सिनेमामा नवराज उप्रेतीको छायांकन, पुष्करमणि राईको पटकथा, सोनी सिंजाली मगरको ड्रेस डिजाइन, विशाल मोक्तानको मेकअप, सागबाबु भट्टको सहायक निर्देशन, दिपेन गौतम प्रोडक्सन म्यानेजर र कलर तथा सम्पादन टेकेन्द शाहको रहनेछ ।
Categorized in पेजथ्री