arin enterprises

खड्गी बनिन् बागमती प्रदेशको सामाजिक विकास मन्त्री

SamacharDesk | २०८१ श्रावण १३, आइतबार

बागमति प्रदेशका प्रदेशसभा सदस्य हरिप्रभा खड्गी श्रेष्ठ सामाजिक सुरक्षा मन्त्रीमा नियुक्त भएकी छिन ।

हिजो बागमती प्रदेशको मन्त्रिपरिषद् बिस्तारमा उनी सामाजिक सुरक्षा मन्त्री बन्नु भएको हो ।

यस्तै मुख्यमन्त्री बहादुरसिँह लामाको सिफारिसमा प्रदेश प्रमुख यादवचन्द्र शर्माले सुरजचन्द्र लामिछाने, मिनकृष्ण महर्जन र बिमल ठकुरीलाई पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

लामिछानेलाई आन्तरिक मामिला तथा कानुन, महर्जनलार्ई युवा तथा खेलकुद र ठकुरीलाई संस्कृति पर्यटन तथा सहकारी मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

नवनियुक्त सामाजिक सुरक्षा मन्त्री खड्गीले यसअघि काठमाडौं महानगपालिकाको उपप्रमुखको जिम्मेवारी सम्हालिसक्नु भएको छ ।

Categorized in राजनीति