arin enterprises

अस्ट्रेलियामा छायाङ्कन गरिएको ‘हावासँग’ सार्वजनिक: भिडियोसहित

SamacharDesk – बिराज | २०८२ श्रावण १२, सोमबार

गायिका रन्जु श्रेष्ठबाट गाइएको गीत ‘हावासँग’ सार्वजनिक भएको छ ।

उक्त गीतको म्यूजिक भिडियो आज अडियो नेपाल युट्युब च्यानलमार्फत विश्वव्यापी सार्वजनिक भएको हो ।

गीतको छायाङ्कन अस्ट्रेलियाका विभिन्न शहरहरुमा गरिएको छ । अस्ट्रेलियाको सिड्नी, क्यानबेरा, ब्रिजबेन, गोल्ड कोस्ट लगायतका स्थानहरुमा छायाङ्कन गरिएको छ ।

‘सुरुमा त नेपालमै गीतको छायाङ्कन गर्ने कुरा भइरहेको थियो । अस्ट्रेलिया पुगेको बेला वातावरण पनि मिल्यो र उतै छायाङ्कन गरियो’ गायिका श्रेष्ठले भनिन् ।

गीतमा संगीत दिनुका साथै म्यूजिक भिडियोको एडिटिङ पनि वरिष्ठ संगीतकर्मी बुद्ध सायमिले गरेका छन् । आफुले बनाएको गीत अस्ट्रेलियामा छायाङ्कन गरी म्यूजिक भिडियो बनाउन पाउँदा आफुलाई निकै खुसी लागेको संगीतकार सायमि बताउँछन् ।

‘अस्ट्रेलियाको मनोरम दृश्यमा गीतको म्यूजिक भिडियो बनेको छ । तिनै दृश्यले म्यूजिक भिडियोलाई मनमोहक बनाएको छ, सबैले हेरिदिनुहोला प्रतिक्रिया दिनुहोला’ सायमिले भने ।

म्यूजिक भिडियो छायाङ्कन जिमोस गोपालीले गरेका छन् । गीतका शब्द अशोक कुमार शिवाले लेखेका छन् ।

Categorized in पेजथ्री