arin enterprises

हवाईमा लागेको आगालागीबाट ५३ को मृत्यु

SamacharDesk | २०८० श्रावण २६, शुक्रबार

अमेरिकाको हवाई टापुमा डढेलो लागरे मर्नेहरुकोसंख्या ५३ पुगेको छ ।

हवाईको मउइ शहरसम्म डढेलो फैलिएर बस्तीमा पसेपछि सयौं घर जलेर नष्ट भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार खोजी तथा उद्धार कार्य जारी रहेकोले मृतकको संख्या अझै बढ्नसक्ने बताइएको छ ।

प्रशान्त महासागरको हवाई टापुको जङ्गलमा लागेको डढेलो तिब्र गतिको आँधीको कारण माउई टापुको लहाइना शहरमा फैलिंदा ठूलो हताहती भएको हो ।

गभर्नर जोस ग्रीनका अनुसार हवाई टापुमा आगलागिको कारण अहिलेसम्मकै ठूलो क्षती भएको छ । १७ सय भवनहरू ध्वस्त भएका छन् भने ऐतिहासिक शहर लहैनाको ८० प्रतिशत भाग जलेर नष्ट भएको छ ।

मंगलबारबाट सुरु भएको डढेलोलाई डोरा तुफानबाट उत्पन्न भएको तेज हावाले तिव्र गतिमा फैलाउँदा सर्वसाधारणहरुले भाग्ने मौका समेत पाएनन् । आगलागिपिडित हजारौ नागरिकलाई अस्थायी आश्रय शिविरमा सारिएको छ ।

यसैबिच अमेरिकी राष्ट्रपति जो बाइडेनले हवाई टापुमा ठूलो प्रकोप घोषणा गर्दै पुर्नस्थापनाको लागि आवश्यक कोष जारी गर्नुभएको छ ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युजमले पुर्नस्थापना कार्यमा सघाउन विशेष क्षमतासहितको खोज र उद्धार टोली पठाउने घोषणा गर्नुभएको छ ।

Categorized in अन्तर्राष्ट्रिय