arin enterprises

डेरावाललाई नरोक्न घरबेटीहरुलाई स्वास्थ्य मन्त्रालयको आग्रह

SamacharDesk – विकाश | २०७७ आषाढ १६, मंगलबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बाहिरबाट आएकालाई घरबेटीले डेरामा छिर्न नदिएकोमा समाचारहरुप्रति गम्भीरु ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रलायको नियमित प्रेस व्रिफिङमा बोल्दै प्रवक्ता डा. जागेश्वर गौतमले प्रमाणहरुको आधारमा मापदण्ड बमोजिम दुई हप्तासम्म क्वारेन्टिनमा बसेको छ भए त्यस्ता व्यक्तिको पिसिआर परिक्षण गरिरहनु नपर्ने जनाए । 

त्यस्ता व्यक्तिलाई कोरोना सम्वन्धि कुनै पनि लक्षण छैन भने पिसिआर परिक्षण नगरी घर पठाउन मिल्ने प्रवक्ता डा.गौतमले बताए ।

त्यसरी पूर्ण नियम पालना गरी क्वारेन्टीनमा बसेर फर्किएका व्यक्तिहरुलाई पनि पिसिआर रिपोर्ट नभएको भन्दै घरबेटीले घरमा छिर्न नदिएको समाचार आइरहेकोप्रति मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको डा. गौतमले जनाए ।

तथ्यहीन र राष्ट्रिय निर्देशिका विरुद्धको क्रियाकलाप नगरीदिन भन्दै गौतमले सम्वन्धित घरबेटी र सम्पूर्ण सरोकारवालालाई बाहिरबाट आउने व्यक्तिलाई डेरामा छिर्नबाट नरोक्न अनुरोध गरे । 

साथै दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन साग सदस्य देशहरुसँग नेपाललाई तुलना गरेर हेर्दा नेपाल पिसिआर गर्ने मूलुकहरुमा अफगानस्तान, बंगलादेश, श्रीलंका, पाकिस्तान र भारतभन्दा अगाडी रहेको पनि मन्त्रालयले दावी गरेको छ । 

त्यस्तै अमेरीका, बेलायत, जापान र चीन लगायतका विश्वका विकसित मूलुकहरुको तुलनामा कोभिड १९ बाट प्रत्येक दश लाखमा हुने मृत्यु दर पनि नेपालमा कम रहेको पनि मन्त्रालयले दावी गरेको छ ।

Categorized in राष्ट्रिय