स्वयम्भुको भगवानपाउमा हेल्पडेस्क स्थापना
SamacharDesk – बिराज | २०७८ बैशाख २५, शनिबार

राष्ट्रिय युवा संघ नेपाल काठमाडौं महानगरपालिका १५ वडा कमिटिले आज स्वयम्भूस्थित भगवान पाउमा हेल्प डेस्क स्थापना गरेको छ ।
हाल महामारीको रुपमा फैलिरहेको नयाँ भेरियन्टको कोभिड –१ ९ बिरुद्ध नियमित जनचेतनामुलक कार्यक्रम गर्दै आएको संघले हेल्पडेस्कको स्थापना गरेको हो ।
हेल्पडेस्क स्थापना भएलगत्तै आजैबाट डेस्कबाट नेपाल प्रहरी, ट्राफिक प्रहरी, पत्रकार तथा स्वयंसेवकहरुलाई मास्क, स्यानिटाइजर, पानी वितरण गरेको छ ।
कार्यक्रममा बोल्दै संघका केन्द्रीय सदस्य एवम् क्षेत्र नम्बर ८ का उत्प्रेरक निसार उद्दिनले १५ वडा कमिटिले संन्चालनमा ल्याएको हेल्पडेस्कले अहोरात्र खटिरहेका प्रहरी, ट्राफिक प्रहरी, पत्रकार तथा स्वयंसेवकहरुलाई मास्क, स्यानिटाइजर, पानी वितरण गर्ने बताउनु भयो ।
साथै भोलिबाट १५ वडा कमिटि बिगतमा जस्तै स्वयम्भू प्रहरीसँग सहकार्य गरि अघि बढ्ने पनि बताउनुभयो ।
संघका अध्यक्ष वचन बहादुर सिंहले १५ वडा कमिटिले गरेको कार्य सर्हानिय रहेको बताउँदै आगामी दिनहरुमा पनि राम्रा काम गर्दै अगाडि बढ्न निर्देशन दिनुभयो ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष वचन बहादुर सिंह, केन्द्रीय महासचिव रमेश आचार्य, संघका स्थायी कमिटी सदस्य एवम् काठमाडौं जिल्ला ईन्चार्ज शिब कुमार महर्जन, केन्द्रीय सचिवालय सदस्य एवम् काठमाडौं जिल्ला अध्यक्ष सन्तोष अर्याल लगायतको उपस्थिती थियो ।
Categorized in समाज