arin enterprises

‘हे बुद्ध भगवन’को म्यूजिक भिडियो सार्वजनिक

SamacharDesk – बिराज | २०७७ फाल्गुण १४, शुक्रबार

वरिष्ठ निर्देशक पवज जोशीको निर्देशनमा ज्ञानमाला भजन ‘हे बुद्ध भगवन’ को म्यूजिक भिडियो सार्वजनिक भएको छ । हाइलाइट्स नेपालमा युट्युब च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको हो ।

डबल शाक्यको संगीत र वि नन्द वैद्यको रचना रहेको गीतमा अग्रज साथै युवापुस्ताका गायक गायिकाहरुले स्वर दिएका छन् । गीतमा वरिष्ठ गायक जुजुकाजी रंजित, प्रवेशमान शाक्यको साथमा ज्ञानमाला क्वीनको रुपमा परिचित रमना श्रेष्ठ र नवोदित गायिका अगिना तण्डुकारको स्वर रहेको छ ।

गीतको भिडियोमा गायक गायिकाहरुले नै मोडलको रुपमा अभिनय पनि गरेका छन् ।

‘आजसम्म पाश्र्व गायक गायिकालाई पर्दा पछाडी नै राख्ने चलन थियो । गायक गायिकालाई नै दर्शकले चिनोस् भनेर उहाँहरुलाई नै अभिनय गराएको हुँ’ निर्देशक जोशीले भन्नुभयो ।

भिडियोको छायाङ्कन र दृश्य सम्पादन राजेश शाक्यले गरेका छन् ।

विहिबार दिउँसो ३ बजे सार्वजनिक भएको २४ घन्टाभित्र गीतको भ्यूज ८ हजार बढि पुगिसकेको छ ।

Categorized in पेजथ्री