arin enterprises

हिलटाउन सिंगिंग एन्ड डान्सिङ आइलको उपाधी महर्जन र तामाङलाई

SamacharDesk – बिराज | २०८१ माघ ६, आइतबार

हिलटाउन सिंगिंग एन्ड डान्सिङ आइडलमा २०८१ को उपाधि निर्भिक महर्जन र सजना तामाङले जितेका छन् ।

विद्यार्थीहरुमा लुकेको प्रतिभा प्रस्फुटन गर्न भन्दै कीर्तिपुरस्थित हिल टाउन मा.वि. बाट आयोजित प्रतियोगीतामा गायनतर्फ कक्षा ६ मा अध्ययनरत महर्जनले प्रथम हुँदै सिंगिंग आइडलको उपाधि जितेका हुन् । त्यसैगरी कक्षा ९ का विशेष प्रधान उपविजेता बन्न सफल भएका थिए ।

त्यस्तै नृत्य विधामा कक्षा ७ की तामाङले प्रथम हुँदै डान्सिङ आइडलको उपाधि जितेकी हुन् भने कक्षा ७ की एचमिरा बोहरा उपविजेता बनिन् ।

गायन र नृत्य दुवै विधाका लागि गत कार्तिकमा डिजिटल अडिसन सम्पन्न भएको थियो । जसबाट १५/१५ प्रतिस्पर्धीहरू छानिएका थिए भने गत मंसीर ७ गते सम्पन्न छनौट चरणबाट ८/८ जना प्रतिस्पर्धीहरूले ग्रान्ड फिनालेमा स्थान पक्का गरेका थिए ।

गायन प्रतियोगीतातर्फ निर्णायक मण्डलमा प्रमुख निर्णायकको रुपमा वरिष्ठ संगीतकार हरिशरण सायमि र अन्य निर्णायकमा सोही विद्यालयका भूपू विद्यार्थी डा.मोहनशोभा महर्जन, विद्यालयकै संगीत शिक्षक कोमल कैलियप रहेका थिए ।

कार्यक्रममा निर्णायकद्वय डा. महर्जन र कैलियपले पनि सांगितिक प्रस्तुति प्रस्तुत गरेका थिए । साथमा विद्यालयका भूपू विद्यार्थीद्वय रसिक मालाकार र नफिसा महर्जनले सांगितिक प्रस्तुति दिनुका साथै आफुहरु कीर्तिपुर सिंगिग आइडल प्रतियोगीतमा सहभागी हुँदाको अनुभव सुनाए ।

नृत्य प्रतियोगीतातर्फ विजेता छनौट गर्न निर्णायक मण्डलमा प्रमुख निर्णायकको रुपमा वरिष्ठ नृत्य कलाकार, नायिका, नृत्य शिक्षक बुद्धलक्ष्मी महर्जन र अन्य निर्णायकमा नृत्य शिक्षक सुनिता महर्जन र विद्यालयका नृत्य शिक्षक राजमाया महर्जन रहेका थिए ।

कार्यक्रममा बोल्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री हिराकाजी महर्जन, विद्यालयका निर्देशक रमेश महर्जनलगायतले विद्यालयले विद्यार्थीहरूमा अन्तर्निहित प्रतिभाको प्रस्फुटन गराउन समय समयमा अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्दै आएको र यसै क्रममा यो प्रतियोगीताको पनि आयोजना गरेको बताए ।

दुबै विधाका विजेता, उपविजेताहरूलाई खादा, ट्रफि र प्रमाणपत्रको साथमा नगद क्रमशः पाँच हजार रुपैयाँ र तीन हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिएको थियो । साथै अन्तिम प्रतिस्पर्धीहरू सबैलाई खादा, प्रमाणपत्र र मायाको चिनो प्रदान गरिएको थियो ।

Categorized in पेजथ्री