arin enterprises

नेपालको पहिलो गर्भनर राणाको निधन

SamacharDesk | २०७९ माघ २२, आइतबार

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालय शमसेर राणाको निधन भएको छ ।

नेपालका अग्रणी अर्थविद् एवं नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको ९५ बर्षको उमेरमा निधन भएको छ । राणाको उपचारका क्रमममा थापाथलीस्थित नर्भिक अस्पतालमा आइतबार बिहान ६:३० बजे निधन भएको हो ।

राणा केही समय यता पार्किन्सनलगायत रोगबाट पीडित हुनुहुन्थ्यो । पार्किन्सन्स, मधुमेय, उच्च रक्तचाप लगायता समस्या बढेपछि चार दिन अघि अस्पताल भर्ना गरिएका राणाको निधन भएको हो ।

१४ वर्षको उमेरमा मेट्रिक पास गरेका राणा नेपाल राष्ट्र बैंकको पहिलो गर्भनर र पूर्व अर्थ सचिव समेत हुनुहुन्थ्यो ।

उहाँले सन् १९६२ देखि १९८६ सम्म संयुक्त राष्ट्र संघ अन्तर्गत विभिन्न देशमा रहेर काम समेत गर्नुभएको थियो । २०१३ सालमा नेपाल राष्ट्रबैंक स्थापना भएपछि २०१३ साल वैशाख १४ देखि २०१७ माघ २५ सम्म उहाँ गभर्नर हुनुहुन्थ्यो ।

२०४३ सालमा गोर्खा ब्रुअरी पनि स्थापना गर्नुभएका राणाले नै हिमालय डिस्टिलरी पनि स्थापना गर्नुभएको थियो ।

२०५० सालमा पाकिस्तानको हबिब बैंकसँगको संयुक्त लगानीमा हिमालयन बैंक शुरु गर्नुभएका राणाले नै लघुवित्त क्षेत्रको अग्रणी कम्पनी निर्धन उत्थान बैंक र निर्जिवन वीमा कम्पनी लुम्बिनी जनरल इन्स्योरेन्सको शुरुवात पनि गर्नुभएको थियो ।

राणाका दुई छोरा र दुई छोरी रहेका छन् ।

Categorized in राष्ट्रिय