गरिमा र रोशन अभिनित हिन्दी गीत सार्वजनिक: भिडियोसहित
SamacharDesk – विजयरत्न | २०८२ पौष २०, आइतबार
मोडल गरिमा शर्मा फिचर्ड हिन्दी भाषाको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
महंगो लागतमा तयार भएको भनिएको उक्त भिडियो शनिबार राजधानीमा एक भब्य समारोहबीच सार्वजनिक गरिएको थियो ।
गरिमासँगै मोडल तथा गायक रोशन अधिकारी फिचर्ड भिडियोको सम्पूर्ण छायांकन अमेरिकामा गरिएको छ ।
अमेरिकामा नै बस्दै आएका अधिकारीले भिडियोको लागत ५५ हजार अमेरिकी डलर दाबी गरेका छन् । हालको विनिमय दर अनुसार उक्त रकम नेपाली रुपैयाँमा झण्डै ७५ लाख हुन आउँछ ।
नेपालबाट म्युजिक भिडियो छायांकनकै लागि अमेरिका पुगेकी अभिनेत्री शर्माले भिन्न अनुभव र राम्रो टिमअपमा उत्कृष्ट रिजल्ट आएको बताइन् ।
नेपाली गीत संगीत र मनोरञ्जन क्षेत्र आफ्नो जीवनको अभिन्न अंग बनिसकेको भन्दै गायक मोडल तथा संगीतकार अधिकारीले आगामी दिनमा पनि यो क्षेत्रमा निरन्तर रहने बताए ।
कार्यक्रममा दिग्गज कलाकार नीर शाह, राजु सिंह लगायतले रोशन र गरिमाको कामको प्रसंशा गर्दै बधाइ र शुभकामना दिए ।
अमेरिकाका विभिन्न मनोरम लोकेशनमा छायांकन गरिएको भिडियोमा दुई युवा युवतीबीचको सुन्दर प्रेम कहानी समेटिएको छ ।
सार्वजनिक गीतमा शब्द तथा संगीत गायक तथा मोडल स्वंयम अधिकारीकै रहेको छ ।
सुमन लामिछानेको कोरियोग्राफीमा तयार भिडियो अमृत विस्वले छायांकन गरेका छन् भन दृश्य सम्पादन विवेक सुनारको छ । कलरिङ मिलन विश्वकर्माको छ । शान थापाको कन्सेप्टमा सिद्धार्थ विस्वले निर्देशन गरेका हुन् ।
Categorized in पेजथ्री




