arin enterprises

गठ्ठाघर घटनाको गम्भीरतापूर्वक छानविन गर्न गृहमन्त्रीको निर्देशन

SamacharDesk | २०८१ श्रावण ३२, शुक्रबार

विहीबार गठ्ठाघरमा भएको सवारी दुर्घटनाको गम्भीरतापूर्वक छानविन गर्न गृहमन्त्री रमेश लेखकले निर्देशन दिनुभएको छ ।

गृहमन्त्री लेखकले गम्भीरतापूर्वक दुर्घटनाको कारण खोज्न आइजीपी वसन्त कुँवरलाई निर्देशन दिनुभएको हो ।

गृहमन्त्री लेखकले घटनाप्रति दुःख व्यक्त गर्दै "गठ्ठाघरको दुर्घटनामा के भएको हो ? दुर्घटना हुनुमा कसैको गल्ती छ कि?  यसमा हाम्रो पुलिस फोर्सको गल्ती छ कि ? यसको गम्भीरतापूर्वक छानबिन गर्नुहोस् ।"  भनि निर्देशन दिएका छन् ।

उहाँले  बढ्दो दुर्घटना न्यूनिकरणमा ध्यान दिन पनि आग्रह गर्नुभएको छ । बिहीबार दिउँसो भक्तपुरको गठ्ठाघर चोकनजिकै ट्रकले ठक्कर दिँदा स्कुटर चालकको घटनास्थलमै मृत्यु भएको थियो ।

दुर्घटनामा पर्ने सुरुमा महिला भने पनि सनाखतपश्चात पुरुष भएको प्रहरीले बताइएको छ । प्रहरीले सनाखत गरी कागजपत्रअनुसार दुर्घटनामा परेका व्यक्ति पुरुष रहेको बताएको छ ।

ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर ४ खहरे घर भई काठमाडौंको कपनस्थित सरस्वतीनगर बस्ने ६५ वर्षीय उत्तम कोइराला भन्ने खुलेको प्रहरीको भनाइ छ।

Categorized in राष्ट्रिय