‘आयुर्वेदिक औषधीले रोग प्रतिरोधी क्षमता बढाउँछ’
SamacharDesk – शिवेश शर्मा | २०७७ जेठ ११, आइतबार

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले कोरोनाको उपचारको सम्वन्ध आयुर्वेदिक औषधीहरुसँग प्रत्यक्ष रुपमा नगाँस्न अनुरोध गरेका छन् ।
विश्वका धेरै वैज्ञानिकहरुले यसको भ्याक्सिन र रोगको उपचारको बारेमा अध्ययन र अनुसन्धान भइरहेको अवस्थामा यस विषयमा यकिनका साथ भन्न नमिल्ने उनको तर्क छ ।
मन्त्रालयको प्रेस व्रिफिङ अन्तर्गत सर्वसाधारणको जिज्ञासाको उत्तर दिँदै
डा. देवकोटाले आयुर्वेदिक औषधीहरुले यो रोग निको हुन्छ भन्ने कुनै आधार नभएपनि यस्ता औषधीहरुले रोगसँग पनि लड्ने क्षमता बढाउने कुरामा भने उनले सहमति देखाए ।
‘रोगसँग लड्ने शक्ति कम भएका व्यक्ति कोरोना संक्रमणको थप जोखिममा हुन्छन् । त्यसैले हामीले रोगसँग लड्ने शक्ति बढाउन आवश्यक हुन्छ’ डा. देवकोटाले भन्नुभयो । यस्ता औषधीको सेवनले सो कार्य हुनसक्छ । आफ्नो शरीर स्फूर्त राख्ने, स्वस्थ राख्ने, सोच्न सक्ने विकास गर्ने, मानसिक शक्ति स्वस्थ्य बनाउने काम पनि होमियोप्याथि औषधीबाट हुनसक्छ ।’
घरेलु रुपमा विभिन्न जडीबुटीहरु प्रत्यक्ष–अप्रत्यक्ष रुपमा प्रयोग हुने गरेको भन्दै देवकोटाले कोरोनासँग लड्न सहयोगी सिद्ध हुने दावी पनि गर्नुभयो ।
तरपनि होमियोप्याथिलाई कोरोना उपचारसँग नजोड्न उनले जोड दिए ।
साथमा डा. देवकोटाले अहिलेसम्मको अध्ययन अनुसार लामखुट्टेको टोकाईबाट कोरोना संक्रमण सर्ने सम्भावना नदेखिएको पनि प्रष्ट गर्नुभयो ।
‘लामखुट्टले कोरोना सार्छ भन्ने प्रमाणित नभएको कुरा हो’ डा. देवकोटाको भनाई हा । ‘यो श्वास–प्रश्वासबाट सर्ने जीवाणु हो । संक्रमितले खोक्दा, हाछ्युँ गर्दा थुक र सिङ्गानका थोपाहरुबाट अरुमा यो संक्रमण सर्दछ ।’
अरुमा यो संक्रमण सर्न नदिन खोक्दा, हाछ्युँ गर्दा थुक तथा सिङ्गानका थोपाहरु संक्रमित तथा सम्भावित संक्रमितहरुबाट अरुमा सर्न नदिन मास्क, पञ्जा लगाउनुपर्ने, कुहिनाले छाप्ने आदि सावधानी अपनाउनुपर्नेमा उनको जोड छ ।
देवकोटाका अनुसार लामखुट्टेले कोरोनाभन्दा पनि मलेरिया, डेङ्गी जस्ता रोगहरु सर्ने भएकाले अहिले गर्मीको समयमा थप सतर्कता अपनाउन उनले सुझाए ।
झुलको प्रयोग, झ्यालढोकामा जालीको प्रयोग, घर वरपर सरसफाईको साथै पानी जमेका खाल्डाखुल्डीहरु पुरी लामखुट्टले पारेको अण्डाबाट हुने वृत्तिविकासक्रम रोक्न उनको विशेष आग्रह छ ।
Categorized in समाज