arin enterprises

हङकङ र दक्षिणी चिनमा भीषण वर्षा

SamacharDesk | २०८० भाद्र २२, शुक्रबार

हङकङ १४०वर्ष यताकै भारी वर्षाले डुबानमा परेको छ ।

वर्षाका कारण घना जनसंख्या भएको र पहाडी चिनियाँ क्षेत्रमा व्यापक बाढी गएको छ । त्यहाँका अधिकारीहरुले भारी वर्षाका कारण बाहिरि ननिस्कन सूचना जारी गरेको छ ।

भारी वर्षाका कारण सडक शपिंग मल, मेट्रो स्टेशनहरु चुर्लुम डुबेका छन् भने सहरका विभिन्न भागमा पहिरो जानसक्ने जनाएको छ । 

हङकङ अब्जर्भेटरी, सहरको मौसम एजेन्सीले आफ्नो मुख्यालयमा मध्यरातसम्मको एक घण्टामा १५८.१ मिलिमिटर वर्षा भएको रिपोर्ट गरेको छ, जुन १८८४ मा रेकर्ड सुरु भएदेखिकै उच्च हो।

वर्षा र पानीले २४ घण्टामा कम्तीमा ८३ जना घाइते भएका छन् । मौसम अधिकारीहरुका अनुसार विहीबार राती कालो वर्षात हुने सूचना जारी गरेका थिए ।

अघिल्लो साताको अन्त्यमा दक्षिणी चीनमा साओला र हाइकुई नामक दुई आँधीले प्रहार गरेको थियो ।

सोही आँधीका कारण हङकङमा भारी वर्षा भएको बताइएको छ ।

Categorized in अन्तर्राष्ट्रिय