arin enterprises

तुलसी घिमिरेलाई मानार्थ परिचय पत्र

SamacharDesk – विजयरत्न | २०८३ जेठ ६, बुधबार

चलचित्र विकास बोर्डले निर्देशक तुलसी घिमिरेलाई मानार्थ श्रेणी अन्तर्गत परिचय पत्र प्रदान गरेको छ ।

बोर्डबाट आज बोर्ड परिसरमा आयोजित कार्यक्रममा विभिन्न विधाका १२१ जना चलचित्रकर्मीलाई परिचयपत्र प्रदान गरिएको हो ।

बोर्ड अध्यक्ष दिनेश डीसीले चलचित्रकर्मीहरूलाई परिचयपत्र हस्तान्तरण गर्दै यो परिचयपत्र केवल कार्ड नभई चलचित्रकर्मीको आधिकारिक पहिचान, सम्मान, अभिलेखीकरण र पेसागत मर्यादाको प्रमाण भएको भनाई राखे ।

बोर्डले मानार्थ श्रेणी अन्तर्गत वरिष्ठ निर्देशक घिमिरेसँगै कलाकार निरुता सिंह र नृत्य निर्देशक कमल राईलाई पनि चलचित्रकर्मी परिचय पत्र प्रदान गरेको छ ।

पहिलो चरणमा परिचयपत्र पाउनेहरूमा विशेष श्रेणी मिलन चामलिङ राई रहेका छन् । विशिष्ट श्रेणी अन्तर्गत ५० जनाले र चलचित्रकर्मी श्रेणीमा ६८ जनाले चलचित्रकर्मी परिचय पत्र पाएका छन् ।

Categorized in पेजथ्री