घरजग्गा मेलामा २ अर्ब ५० करोड बढी कारोबार
SamacharDesk | २०८० पौष १६, सोमबार

पौष १२ गतेदेखि संचालन भएको आठौं घरजग्गा मेलामा ४० हजार भन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।
मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको छ । ४ दिनसम्म भएको मेलामा २ अर्ब ५० करोड भन्दा बढीको कारोबार भएको नेपाल जग्गा तथा आवास विकास संघले जनाएको छ ।
मेला सोचेको भन्दा पनि राम्रो भएको संघका अध्यक्ष विदुर धमलाको कथन छ । मेलामा क्रेताहरु र विक्रेताहरु एकै ठाउँमा भेला भइ सबैकुरा जानकारी लिएर आफूले लगानी गर्न पाउनु राम्रो भएको बताउनु भयो ।
उहाँले अर्को पटकको एक्स्पोमा झनै विशेष सुविधा र छुटसहित गर्ने प्रतिवद्धता जनाउनु भयो ।
लिखित र मौखिक रुपमा सरकारले केही गरोस् भनेर सुझाव दिएपनि काम नबनेपछि व्यवसायीहरु सबै मिलेर मेला गर्दा सफल भएको बताउनु भयो ।
उहाँले २०७६ सालमा भएको मेलामा भन्दा १.५ प्रतिशत बढी व्यापार गरेको बताउनु भयो । उहाँले मेलाबाट आशावादी हुने ठाउँ धेरै रहेको बताउनु भयो ।
Categorized in बिजनेस